राजनीति

देउवाले बालेनलाई भने– चमत्कार गर्नुभयो, मलाई चौबीसै घण्टा सम्झन सक्नुहुनेछ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई चमत्कार भएको बताएका थिए ।
“तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु र पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ, मलाई चौबीसैघण्टा सम्झन सक्नुहुनेछ,” देउवाको भनाई थियो ।

बिज्ञापन

देउवाले केन्द्र र प्रदेश सरकार साथमा रहेकाले जनताका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।
यता काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेश आचार्यले शिष्टाचार भेट भएको बताए ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मेयर शाहले काठमाडौंमा कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।