नेपालमा भेटिए हैजाका बिरामी, सतर्क रहन आग्रह
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । काठमाडौंमा हैजाका दुई जना बिरामी भेटिएका छन् । असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १८ र २३ वर्षीय उनीहरू एकै परिवारका हुन् । उनीहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ । साथै गर्मी र वर्षायाममा झाडापखाला, हैजा र पानीजन्य रोग फैलने हुनाले सजग र सतर्क रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

