जलवायु

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काटठमाडौं । मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गएको जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई÷तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
पौडेलकाअनुसार अहिले प्रदेश नं १, मधेस प्रदेश, बाग्मती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।
‘देशभरी मनसुनको प्रभाव छैन’, पौडेलले भने। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष समयभन्दा एक हप्ता आगाडि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । यस समयमा नेपालमा वार्षिक वर्षभरिको ८० प्रतिशत पानी पर्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन