जलवायु

आज यी स्थानमा हुनेछन् भारी वर्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आज देशभर आंशिक बदली भई केही स्थानमा भारी हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

हाल देशको पहाडी तथा तराईका केही भुभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १, मधेस प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका प्रदेशहरूको पहाडी भू(भागमा भारी वर्षा भई नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।