राष्ट्रिय समाचार

अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थी बढे, सबैभन्दा धेरै अस्ट्रेलियामा

बिज्ञापन

काठमाडौँ । उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेको छ । सन् २०२१ मा ४५ हजार ६२५ जनाले वैदेशिक अध्ययनको लागि अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) लिएकोमा सन् २०२२ को पहिलो ३ महिनामै ३५ हजार ७५४ जना नेपाली विद्यार्थीले अध्ययनका लागि विदेश जान यस्तो अनुमतिपत्र लिएको बैदेशिक अध्ययन अनुमतिपत्र विभागले जनाएको छ ।

बिज्ञापन

यस्तो अनुमति पत्र लिनेमध्ये सबैभन्दा धेरै डिप्लोमा तहमा ८,६१० जना छन् । यस्तै, स्नातक तहका लागि ६ हजार १० जना, स्नातकोत्तर तहका लागि ३,४४१ जना र विद्यावारिधीका लागि ५८ जना विद्यार्थीले अनुमतिपत्र लिएको विभागका प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए ।
नेपाली विद्यार्थी अध्ययनका लागि सबैभन्दा धेरै अस्ट्रेलिया जाने गरेको तथ्याङ्कले देखाउँछ । तीन महिनामा सबैभन्दा धेरै २३ हजार ७६९ जना विद्यार्थीले अस्ट्रेलियाका लागि यस्तो अनुमति पत्र लिएका छन् । यस्तै, ६ हजार ४८९ जनाले जापान, १ हजार ३८३ जनाले क्यानडा, ६११ जनाले बेलायत, ३७४ जनाले अमेरीकाका लागि अनुमतिपत्र लिएका छन् । सबैभन्दा कम ६ जनाले थाइल्याण्डमा उच्च शिक्षा लिनका लागि विभागबाट अनुमतिपत्र लिएका छन् ।

बिज्ञापन