राष्ट्रिय समाचार

प्रधानमन्त्री देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद छैन : आरजु राणा

बिज्ञापन

कास्की । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको टिप्पणी गर्नुभएको छ ।

बिज्ञापन

नेपाल तरुण दल कास्कीले आज सोमवार पोखरामा विपद् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवम् निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको मैले नजिकबाट देखेको छु ।’

प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको उहाँको दाबी छ । उहाँले प्रधानमन्त्री देउवा देशमा पाँच पटक प्रधानमन्त्री हुनुभएको तर जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राणाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताउनुभयो । स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको उहाँको भनाइ छ । जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई उहाँले सुझाव दिनुभयो ।

राणाले पालिका चुनावमा काठमाण्डौको मेयरमा बालेन्द्र शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरूको लहरै चलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन्, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका छन् ।’

बिज्ञापन