आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ ।
प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिज्ञापन

महाशाखाले बुधबार बिहान मौसम विश्लेषण गर्दै जारी गरेको पूर्वानुमान बुलेटिनमा आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।
राती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
