स्वास्थ तथा सरसफाइ

अब नेपालगन्जमै घुँडाको ‘पूर्ण जोर्नी प्रत्यारोपण’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज । स्वास्थ्यका क्षेत्रमा सेवा सुविधा थपिंदै आएको नेपालगन्जमा पहिलो पटक घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण गरिएको छ । नेपालगन्जस्थत हेल्थ केयर अस्पतालमा चिकित्सकहरुले पहिलो पटक मंगलवार ६७ वर्षीय विरामीको घुँडाको पूर्ण जोर्नी सफलतापूर्वक प्रत्यारोपण गरेका हुन् ।
हेल्थकेयर अस्पतालका व्यवस्थापक रमेश सिटौलाका अनुसार, बरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा चिकित्सकहरुले कोहलपुर नगरपालिका–१४ हवलदारपुर बाँकेका ६७ वर्षीय लालबहादुर थापाको दाहिने घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण गरेका हुन् ।

‘पहिलो घुँडाको पूर्णजोर्नी प्रत्यारोपण गरिएको ६ महिना पछि अर्को घुडाको जोर्नी प्रत्यारोपण गर्ने डाक्टरसा’बको योजना छ,’ हाडजोर्नी बिषेशज्ञ डा. तिर्थेन्द्र खड्कालाई उद्धृत गर्दै अस्पतालका व्यवस्थापक सिटौलाले भने, ‘थापा लामो समयदेखि जोर्नी खिइने रोग अस्टिओआर्थाइटिसबाट पीडित हुनुहुन्थ्यो, उहाँको घुँडामा धेरै दुखाई हुने र जोर्नी बाङ्गो भएर हिडडुल गर्न मुस्किल भएपछि उपचार गरिएको हो ।’ सिटौलाका अनुसार, अर्थोपेडिक सर्जनहरु डा.ऋषि विष्ट, डा.प्रकाश थापा डा.राहुल मिश्र तथा एनेस्थेसियोलोजिष्ट डा.पारश पाण्डेलगायतका स्वास्थ्यकर्मी टीमले करिव साढे दुई घण्टा लगायतका प्रत्यारोपण सफल बनाएको थियो ।

बिज्ञापन

डा.कुमार शान शाहको नेतृत्वमा सञ्चालित हेल्थ केयर अस्पताल झण्डै पौने अर्ब लगानीमा विशेषज्ञ अस्पतालका रुपमा निर्माणाधिन छ । २४ शैयाको अस्पताललाई एकसय शैया प्रस्तावित गरि त्यसै अनुसारका भौतिक पूर्वाधारमा डा. शाहले लगानी गरिरहेका छन् । ‘यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यक्रिको विकासले पश्चिम नेपालका विरामीलाई उपचारका लागि काठमाडौं वा भारतका विभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ,’ डा. खड्काको भनाइ छ ।
‘औपचारिक उद्घाटन नभैसकेपनि अत्याधुनिक सेवासुविधा सहितको नयाँ अस्पताल भवनबाट सेवा प्रवाह शुरु गरिसकिएको छ,’ हेल्थ केयर अस्पतालका व्यवस्थापक सिटौलाले भने, ‘अत्याधुनिक अप्रेसन थिएटर,एनआइसियूसहित पूर्णकालिनरुपमा केही बिषेशज्ञ सेवाहरु प्रवाह गरिएका छन् ।’

सिटौलाका अनुसार, स्त्रीरोग तथा प्रसूति सेवा,जनरल फिजिसियन सेवा,छाला, यौनरोग तथा कस्मेटिक केयर सेवाहरु सुचारु गरिएको छ । ‘यो हप्ता देखि जनरल प्रसुति सेवा र ईमरर्जेसी सेवा साथै छालाको केयर र सुन्दरताको लागि विशेष सेवा सञ्चालनमा ल्याउने तयारी पुरा भएको छ,’ सिटौलाले भने ।

नेपालगन्जमैं स्तरिय स्वास्थ्यसेवा उपलब्ध गराउन सक्दो प्रयास गरिरहेको जानकारी दिंदै अस्पतालका निर्देशक डा. कुमार शान शाहले त्यसकालागि सबैको साथ र सहयोगको अपेक्षा गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।