आलुको बोरामा राखी ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुई जना पक्राउ

धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवा स्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षी य राजेश मण्डल छन् ।

ज ७ प ५००७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपैयाँ फेला पारिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
