घटनाटीकापुर

टीकापुरमा सापको टोकाइबाट १४ बर्षका बालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २३ असार कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने धर्म खडकाका जेठा छोरा अनिश खड्काको मध्य रात्रिमा सर्पले टोक्दा मृत्यु भएको छ।

मध्य रात्रीमा कोठामा सुतिरहेको बेला झ्यालबाट कानमा सर्पले टोकेपछि मृतक खड्काले आफै सापको फोटोसमेत खिचेर घर तथा छरछिमेकमा जानकारी गराइ रात्रि ३बजे टीकापुर अस्पताल पुर्याएको र सर्पदन्स सम्बन्धि उपचार गर्दा खासै फरक नपरेपछि नेपालगन्ज रेफर गरेपछि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको उक्त घटनामा सहयोग गर्ने जुटेका मृतकका छिमेकी प्रदीप कुवरले बताए मृतक अनिशले फोटो खिचेको सर्प बिहान सम्म घरमै रहेको अर्का छिमेकी भोजराज तिमिल्सिनाले बताए उक्त सर्प तराईमा पाइने अति बिषालु सर्प गराइच रहेको बताए ।

बिज्ञापन

कैलाली जिल्ला लगायत तराईका विभिन्न जिल्ला हरुमा रोकिएको बर्षा र बढदै गएको उष्णताले बिषालु सर्प हरु निस्किने गरेका छन यसको सावधानी सतर्कता सम्बन्धि स्थानीय पालिकाले सचेतना तथा सर्प बाट कसरी जोगिने भन्ने सर्प विज्ञसंग स्थानीय कार्यक्रम गरेर जनजागरण ल्याउन जरुरी देखिएको छ।

यो बिषयमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु संग बुझ्दै हाल कुनै कार्यक्रम नगरेको र आउँदा दिन हरुमा यसलाई छलफलको बिषय बनाउने कुरा मालिका समाचारलाई बताउनु भयो

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।