घटना समाचार

बसपार्क नजिकै पुरुष मृत फेला

बिज्ञापन

कैलाली : कैलालीको अत्तरिया बसपार्क नजिकै एक पुरुष मृत फेला परेका छन्। गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल मृत अवस्थामा फेला परेका हुन्। 

बिज्ञापन

उनको शव गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्क पछाडी फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

बिज्ञापन