राष्ट्रिय समाचार

मंगलसेन बजारको सडक तत्काल ८ मिटर फराकिलो हुँदै

बिज्ञापन

अछाम । मंगललसेन नगरपालिकाले आयोजना गरेको सरोकारवाला संगको बैठक विभिन्न निर्णय गर्दै समपन्न भएको छ । नगरपालिकाको मुख्य बजार व्यस्थापन अन्तर्गत बजार क्षेत्र भित्रको सडक सरसफाई तथा ढल निकाश र कृषि संकलन तथा वितरण केन्द्र व्यवस्थापनमा छलफल गर्ने उदेश्यले बैठकको आयोजना गरिएको थियो ।

बिज्ञापन

मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले नगरपालिका द्धारा पूर्व निर्धारित मापदण्ड वमोजिम नै बजार क्षेत्रमा ८ मिटर सडक कायम गर्ने यसका लागी पक्की घर संरचनामा ८ मिटर सडकका लागी चिन्ह दिएर संकेत गर्ने तथा ८ मिटर सडक बनाउनका लागी थप सरोकारवाला संग छलफल गर्ने निर्णय गरेको छ ।

बिज्ञापन