घटनाराष्ट्रिय समाचार

घरमा रंग लगाउने क्रममा करेन्ट लागेर १को मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा २४ असार पोखरामा रङ लगाउदै गरेका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्ला घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बसोबास गर्ने करिब ४० वर्षीय कृष्णबहादुर राना मगर रहेका छन् । मगरको आज दिउसो निर्माणाधीन घरमा काम गर्दा करेन्ट लागेर मृत्यु भएको हो ।

बिज्ञापन

मगरले पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । स्रोत :समय नेपाल टीभी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।