सीपीसी विदेश विभाग प्रमुख लिउ नेपालमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
उनी चारदिनसम्म नेपालमा रहनेछन् । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि यो चिनियाँ उच्च तहको भ्रमण हो ।

उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
उनै नेतृत्वको चिनियाँ टोलीले यसअघि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसँग भर्चुअल संवाद गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
