घटना समाचार

लागुऔषध सहित कञ्चनपुरबाट देवर–भाउजू पक्राउ

बिज्ञापन

कञ्चनपुर   कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।  शनिवार जिल्लाको भीमदत्त नगरपालिका–१८ बाट १८ वर्षीय दिपक दमाई र आरती दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

बिज्ञापन

 त्यसै ठाउँका विनोद दमाईको घरमा खानतलासी गर्दा उनकी श्रीमती आरती बस्ने कोठामा ०.८३ ग्राम खैरो हेरोइन र उनका देवर नाता पर्ने दिपकको साथबाट १.५ ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो।  लागुऔषध फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइ कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। 

बिज्ञापन