घटना समाचार

चोर पत्ता लगाउन जब सालझण्डी प्रहरीले बाख्रालाई मालिकको सनाखत गर्न लगायो

बिज्ञापन

साल झण्डी :ट्वाईलेट सफा गर्ने बाहनामा रेकी गर्दै बाख्रा चोर्ने सालझण्डीमा पक्राउ / चोरीको अनौठो तरिका :बाख्रा चोरी गर्नेहरु सालझन्डीमा पक्राउ

बिज्ञापन

सालझण्डी रुपन्देही । सामान्यतया अरु बस्तु चोरी भएमा उजुरी गर्ने भनेको बिलको आधारमा हो। तर रुपन्देहीको सालझण्डीमा झट्ट हेर्दा उजुरी नै नहालौँ भन्ने सामान्य खालको लाग्ने बाख्रा चोरी लामो समयदेखि भईरहेकोमा हाल आएर केहि मानिसहरु पक्राउ परेका छन्। त्यसरी बाख्रा चोरीमा संलग्नहरुले पक्राउ पछि पनि सहजै मेरो बाख्रा हुन् भनि ऊल्टै दावि गरिदिएपछि  सालझण्डीमा शुक्रबार बाख्राबाट मालिकको सनाखत गराई चोर पत्ता लगाईएको छ ।
           मिति २०७९।०३।०५ गते  रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा नं.१ मा रहेको पवन परियारको बाख्राको खोरमा भएका १२ के.जी, १० के.जी. र ८ के.जी. बराबरका ३ बटा बाख्रा विहान ०३:०० बजेको समयमा चोरी भएकोमा सोहि दिन पवन परियारले ईलाका प्रहरी कार्यालय सालझण्डीमा निवेदन दिए । यस्तै विभिन्न मितीमा आफ्नो खोरमा बानेका खसिबोका चोरी भएको सम्बन्धमा ई.प्र.का सालझण्डीमा निवेदनहरु पर्ने गरेका थिए।
           सोहि चोरीको अनुसन्धान गर्दै जाने क्रममा उक्त चोरीमा ४ जना मानिस र २ वटा लु १७ प ३७१७ नं को पल्सर मोटरसाईकल र लु ३५ प २४३१ नम्वरको NS मोटर साईकल  प्रयोग भएको खुलेपछि कन्चन गाउँपालिका वडा नं.१ राताडाँडा बस्ने बर्ष ३५ को ओम थापा, बर्ष २१ को सागर बि.क.,२० को रवि सुनार, बर्ष १८को परिवर्तित नाम बि.एस लाई  कञ्चन गा.पा वडा नं १ रातडाँडा स्थितबाट फेला पारी असार २३ गते पक्राउ गरिएको छ ।
       चोरीका श्रृङखलाहरु
१. २०७८/१०/१२ गते सैनामैना न.पा ०६ पटना स्थित पदम प्रसाद अर्यालको २२ के.जिको बोका रातको २ बजे चोरी गरेको।
२. २०७८/१०/२५ गते सैनामैना न.पा ०६ भड्छास्थित सरस्वती ढकालको ४८ के.जीको बोका रातको १ बजे चोरी गरेको।
३. २०७९/०३/०५ गते कञ्चन गा.पा कुचेरास्थित पवन परियारको ३ ओटा खसि बाख्रा चोरी गरेको ।
४. २०७९/०३/१६ गते सैनामैना न.पा ११ चौधरी घोलास्थितबाट २ ओटा खसिबोका रातमा चोरी गरेको।
५. २०७९/०३/१७ गते सैनामैना न.पा ०९ ज्योतिस्थित बुद्धि सागर ढकालको १५ केजिको बोका रातको २ बजे चोरी गरेको।
६. २०७९/०३/१८ गते सैनामैना ०९ स्थित भिमबहादुर सुनारको १०/१० के.जिका बोका रातको १ बजे चोरी गरेको।
उनिहरु मध्ये ओम थापाले दिउँसोमा ट्वाईलेट सफा गर्ने काम गर्ने क्रममा आफूले काम गर्ने घर वरिपरिका घरमा के कति खसि बाख्रा छन् भनि बुझ्ने गर्दथे । काम सकिसकेपछि उनले आफ्ना साथिहरुलाई भन्ने गर्दथे र जसको घरमा कमजोरी छ ति घरमा रातिको समयमा गई घाँस खुवाउँदै डोहोर्याएर केहि टाढा ल्याई मोटरसाईकलमा हालि विभिन्न स्थानमा लगि केहि ज्युँदै त केहि मासु काटेर बेच्ने गर्दथे। यसरी नै उनिहरुले बिगत ८/१० महिनादेखि नियमित जसो चोरी गर्ने गरेको खुल्न आएको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।
पक्राउ परेका व्यक्तिहरुले आफुहरु बाख्रा व्यापारी भएको भन्दै सस्तो खोज्ने ग्राहकहरुलाई जिउँदो खसिबाख्रा सस्तो मुल्यमा बेच्ने गरेको खुलेको छ। त्यस्तै उनिहरुले चोरी गरी जिउँदै बेचेका ३ वटा बाख्राहरु सैनामैना न.पा १ बनकट्टा स्थित इन्द्रलाल गौतम र पविमाया थापाको घरबाट जिउँदै बरामद गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ।
       हेर्दा सामान्यजस्तो देखिने चोरीको श्रृङखला बढिरहेपछि पछिल्लो समय प्रहरीले उनिहरुलाई निगरानिमा राखि पक्राउ गरेको बताएको छ। चोरी भएपछि उजुरी नदिने प्रवृत्तिले चोरी मौलाउँदै गएको यस्तै थुप्रै मानिस यस्तो चोरीबाट पिडित भएको हुनसक्ने हुनाले प्रहरी समक्ष आउनुपर्छ भन्ने सन्देश दिनपनि यो घटना सार्वजनिक गरेको ई.प्र.का सालझण्डी प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए। पक्राउ परेका चारैजनालाई चोरी सम्बन्धी कसुरमा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन