राष्ट्रिय समाचार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया आउन कडाइ गरिने

बिज्ञापन

लामो समयदेखि अस्ट्रेलियाली कलेजमा भर्ना भएर बसेका धेरै नेपाली विद्यार्थीको भिजा ‘रिजेक्ट’ (अस्वीकृत) भएको खबर आउन थालेको छ । 

बिज्ञापन

नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका मुलुकका विद्यार्थीहरू रहेको सामाजिक सञ्जालका समूहमा यसबारे चर्को चिन्ता व्यक्त गरिएको छ । 

यसबारेमा समाचार आएसँगै धेरैलाई अब नेपालबाट अस्ट्रेलिया पढ्न आउन गाह्रो हुने सोच आएको छ । सामाजिक सञ्जालमा अनेकौं अशंकाहरूलाई मलजल गरेर पोस्ट तथा कन्टेन्टहरू भाइरल गरिएको पनि देख्न सकिन्छ । 

यसै सन्दर्भमा अस्ट्रेलिया सरकारको आन्तरिक व्यवस्था विभाग (होम अफेयर्स)ले जुलाईको पहिलो साता ‘प्रोभाइडर अपडेट’ जारी गरेको छ । लामो समयदेखि ढिलाइ भइरहेको भिजा प्रक्रिया, अन्तर्राष्ट्रिय परिस्थिति र विद्यार्थी भिजाका सम्बन्धमा दस्तावेज सार्वजनिक गरिएको हो । 

यस दस्तावेजले नेपाली विद्यार्थीहरूका लागि आगामी दिन सहज नहुने संकेत गरेको छ । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूको भिजा आवेदनमा ‘नक्कली’ काम भएको र ‘भेट’ भनिने व्यावसायिक शिक्षा तथा तालिमको क्षेत्रमा मात्रै धेरै विद्यार्थी भर्ना भएको विषयलाई गम्भीरताका साथ लिएको छ । 

धेरै नेपालीहरू अस्ट्रेलिया पढ्न भन्दा पनि काम र कमाइका लागि जाने गरेको अस्ट्रेलिया र नेपालमा चर्चा हुने गर्दछ । पछिल्लो समय कोरोनाको कारण अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्ने अवसर दिएको थियो जुन अहिले पनि यथावत छ । 

अस्ट्रेलियाले विद्यार्थीलाई काम गर्ने अवसर दिएको समयमा नाम मात्रको विद्यार्थी बनेर काम गर्न आउनेको संख्या धेरै छ । नेपालीहरूमाझ नै ‘भिजा फ्याक्ट्री’ उपनाम पाउने गरेका कलेजहरूमा नेपाली विद्यार्थीको चाप बढी देख्न सकिन्छ । 

अस्ट्रेलियाको इमिग्रेसन विभागमा उपसचिव भइसकेका विश्लेषक अबुल रिज्वी नेपालबाट ‘भेट कोर्स’मा आउने विद्यार्थीको संख्या बढ्नु आश्चर्यजनक भएको बताउँछन् । उनले नेपालबाट अति नै धेरै संख्यामा ‘भेट’ विद्यार्थी आउनुले त्यसमा संशय पैदा गरेको उनको भनाइ छ । 

बिज्ञापन