घटना

कैलालीको गोदावरीमा हाइलक्स दुर्घटना हुँदा २ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली: कैलालीको गोदावरीमा हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन्। बुधबार दिउँसो गोदावरी नगरपालिका–९ बल्मी चोक नजिकै बीएए ६२५२ नम्बरको  हाइलक्स दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। 

दुर्घटनामा परी काठमाडौं महानगरपालिकाका चालक ५१ वर्षीय रामेश्वर नजिर र गाडीमा सवार भक्तपुर नगरपालिकाकी २७ वर्षीया निजी घिमीरे घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडी कल्भर्टमा ठोक्किएर सडकभन्दा १० मिटर टाढा पुगेको छ। 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।