घटना

विद्युत्‌गृह भत्किँदा जुम्लामा एकै परिवारका ३ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जुम्ला । जलविद्युत् आयोजनाको विद्युत्‌गृह भत्किँदा जुम्लामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

शुक्रवार बिहान साढे २ बजेतिर विद्युत् गृह भत्किएको उनले बताए । 

बिज्ञापन

शुक्रवार बिहान जिल्लाको हिमा गाउँपालिका १ स्थित भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृह भत्किँदा चौकीदार गोरखबहादुर रावतका श्रीमतीसहित दुई छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्सपेक्टर भुवन भट्टले जानकारी दिए । 

एक्कासी विद्युत गएपछि त्यहाँको अवस्था बुझ्न जाँदा तीनै जना पुरिएको इन्सपेक्टर भट्टले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरूमा ३० वर्षीया विमला रावत र उनका छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।

शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको प्रहरी चौकी बड्कीले जानकारी दिएको समेत उनले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयको टोली भने घटनास्थलतर्फ गइरहेको उनको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।