प्रचण्ड भारत भ्रमणमा जानुअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा प्रचण्डको भारत भ्रमणलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै भारत भ्रमणमा जाँदै छन् । सरकार प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन घोषणाको तयारीमा रहेका बेला हुन लागेको प्रचण्डको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।

त्यस्तै, बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारले शुक्रवार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेश गर्ने तयारी गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
