हर्क साम्पाङसँग भेट्दै रविले राखे सहकार्यको प्रस्ताव

धरान । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङसँग शुक्रवार भेटवार्ता गरेका छन् ।
मेयर साम्पाङको कार्यालयमा भएको भेटमा लामिछानेले सहकार्यको प्रस्ताव पनि राखेका छन् ।

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको । मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ,’ लामिछानेलाई उद्धृत गर्दै दीपक बोहोराले फेसबुकमा लेखेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ ।’
साम्पाङ स्वतन्त्र रुपमा धरानको मेयरमा निर्वाचित भएका हुन् ।
लामिछानेले पनि केही समयअघि मात्रै पार्टी दर्ता गरेका हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
