अर्थ

राइझुमाका श्रष्टाले शंखमूलमा उद्घाटन गरे राइझुमा लाउञ्ज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

शंखमूलमा राइझुमा लाउञ्ज सञ्चालनमा आएको छ । बिहीवारबाट राइझुमा लाउञ्ज सञ्चालनमा आएको हो । राइझुमा पश्चिम नेपालमा प्रयोग हुने शब्द हो ।

राइझुमा बोलको चर्चित देउडा गीतसमेत रहेको छ । राइझुमाका श्रष्टा यज्ञराज उपाध्याय हुन् । आयोजकले राइझुमा लाउञ्जको उद्‍घाटन राइझुमाकै श्रष्टा उपाध्यायबाट गराएको छ ।

बिज्ञापन

‘राइझुमा निकै प्रिय गीत हो । यो देश विदेशमा नै निकै चर्चित छ । त्यसैले हामीले लाउञ्जको नाम राइझुमा राखेका हौं,’ राइझुमा लाउञ्जका सञ्चालक केशव चन्दले भने, ‘झनै यसको उद्‍घाटन राइझुमाकै श्रष्टाबाट गराउन पाउँदा हामी निकै खुशी छौं ।’ 

उनले लाउञ्जमा सातामा एक पटक सुदूरपश्चिमका साथै नेपाली संस्कृति झल्किने खालका सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिनेसमेत बताएका छन् ।

खानामा पनि अर्गानिकतामा जोड दिने चन्दको भनाइ छ । उनले सेवामा कुनै सम्झौता नहुने बताउँदै सबैको साथ पाउने बताए ।

यस्तै राइझुमाका श्रष्टा एवं प्राज्ञ उपाध्यायले ४१ सालमा गाएको गीत दिनहुँ तन्नेरी बन्दै जानु आफ्ना लागि निकै खुशीको कुरा भएको बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।