भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के होला ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाएको छ । हिजो शनिबार पेट्रोल प्रतिलिटर १५.७६ पैसा र डिजल प्रतिलिटर १६.५६ पैसा घटेर आएको हो ।
भारतबाट मूल्य घटेर आउँदा पनि निगमले भने घाटा नै रहेको बताएको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययाले भारतले हिजो घटाएर नयाँ मूल्यसूची पठाएको बताए ।

उनले भने, ‘भारतले हिजो मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । तर, अझै निगमलाई डिजेलमा प्रतिलिटर २२ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ घाटा हुनेछ । महिनामा नै अझै ४ अर्ब २३ करोड घाटा हुने अवस्था छ ।’ निगमले नै अझै घाटा देखाएपछि तत्कालै पेट्रोलिय पदार्थको मूल्य घट्ने अवस्था छैन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
