लाठीले हानेर आमाको हत्या

रुपन्देही । छोराको लाठी प्रहारबाट गम्भीर घाइते अर्घाखाँचीको शितगंगा नगरपालिका वडानम्बर ४ चाक्लाकी कमला कार्कीको उपचारका क्रममा मृत्यु भएको छ ।
२६ वर्षीय छोरा हेमन्त कार्कीको लाठी प्रहारबाट घाइते भएकी ५२ वर्षीया कमलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले घरयासी विवादमा छोरोले लाठीले टाउकोमा प्रहार गर्दा घाइते भई कमलाको काठमाडौं टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
असार ७ गते घरमा सामान्य विवाद हुँदा हेमन्तले लाठीले टाउकोमा हानेपछि घाइते कमलालई बुटवलमा उपचार गरी थप उपचारको लागि काठमाडौ रिफर गरिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले बताए ।
प्रहरीले हेमन्तलाई नियन्त्रणमा लिएको र म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
