राष्ट्रिय समाचार

अर्थमन्त्री प्रकरण : मन्त्रालयबाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै

बिज्ञापन

काठमाडौं । अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

बिज्ञापन

जेठ महिनाको फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

‘जेठ महिनाको सीसीटीभी फुटेजको हार्ड डिस्क मगाएका छौं । त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भने । उनका अनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानबिन र अध्ययन गरेको थियो ।

जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सीसीटीभी फुटेजका लागि पुन: ताकेता गरिरहे पनि अर्थ मन्त्रालय भने अझै दिएको छैन ।

उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्रावधिक अध्ययन सकिएपछि पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको छ । ‘प्रावधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा) सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ’ हमालले भने ।

बिज्ञापन