स्वास्थ तथा सरसफाइ

फेरि ४१ जिल्लामा देखियो कोरोना, काठमाडौंमा थपिए १५४ संक्रमित

बिज्ञापन

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १५४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

बिज्ञापन

काठमाडौंमा ११९, भक्तपुरमा पाँच र  ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ३११ पुगेको छ ।

आज ४१ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् ।

देशभर रहेका एक हजार ९८२ जना सक्रिय संक्रमितमध्ये एक हजार ८६५ जना होम आइसोलेसनमा र ११७ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १९ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिज्ञापन