स्वास्थ तथा सरसफाइ

निजी अस्पतालबाट बिमा कार्यक्रम नहटाउने प्रस्ताव मन्त्रिपरिषद लगिने

बिज्ञापन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषद प्रस्ताव लैजाने भएको छ ।

बिज्ञापन

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच आज मन्त्रालयमा छलफल भएको थियो । छलफलमा यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति भएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।

“निजी तथा मेडिकल कलेजबाट स्वास्थ्य बिमा कार्यक्रम हटाइँदाका असर र निरन्तरता दिँदाको फाइदाबारे हामीले मन्त्रीज्यूलाई स्पष्ट पारेका छौँ,” डा. उप्रेतीले भने, “निजीबाट सेवालाई निरन्तरता दिने प्रस्ताव छिट्टै मन्त्रिपरिषद लैजाने सहमति भएको छ । सकारात्मक निर्णयको अपेक्षामा छौँ ।”

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्र सञ्चालन गरिने उल्लेख छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै चार निजी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको औपचारिक सूचना बोर्डलाई गराइसकेका छन् ।

बिज्ञापन