स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी सत्संग भवन मधुवनद्वारा वृहत सरसफाई सम्पन्न

बिज्ञापन

मधुवन (बर्दीया), २ पुष । सन्त निरंकारी सत्संग भवन मधुवनद्वारा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

गत शनिबार (३० मंसिर) का दिन क्षमायाचना दिवसको अवसरमा सन्त निरंकारी सत्संग भवन मधुवनका सन्त–भक्त तथा सेवादलका जवानहरुद्वारा मधुवन नगरपालिकामा पर्ने कुशमा नदीको किनारमा रहेको मसानघाट तथा त्यसको वरिपरिको क्षेत्रलाई सरसफाई गरिएको कुरा मधुवन सत्संग भवनका मुखी यम बहादुर सुनारले जानकारी गराउनु भयो ।

सरसफाई गर्ने क्रममा नदीको किनारमा रहेको मसानघाटमा मान्छे जलाउन आउँदा आवश्यकताभन्दा बढी काठ ल्याएर त्यतिकै फकिएका थिए, भने कोहि केहि भाग मात्र जलेको अवस्था थिए । सेवादलका जवानहरुले उक्त काठलाई नदीको धिकमा जम्मा गर्दा करीब दुई ट्राली दाउरा निस्किएका थिए । जम्मा गरिएका राम्रा दाउरालाई पछि लाश जलाउन आउनेहरुलाई प्रयोग गर्न र आवश्यकताभन्दा बढी काठ लिएर नआउन समेत अनुरोध गरिएको मुखीले बताउनु भयो ।

नदीको छेउछाउमा रहेका अनेकौ फोहोरको पनि सन्त–भक्त तथा सेवादलका जवानहरुले उत्साहका साथ सरसफाई गरेका थिए ।

प्रत्येक महिनाको अन्तिम शनिबारका दिन नगरपालिकाका विभिन्न ठाउँमा सत्संग भवनले सरसफाई कार्यक्रम गर्दै आएको छ । क्षमायाचना दिवसको अवसरमा आयोजित गरिएको यस सरसफाई कार्यक्रममा स्थानीय पेट्रोल पम्प व्यवसायी उदय भूसाल, सन्त–भक्त, बाल सेवादल तथा सेवादल जवान गरेर करिब ३५ जना सन्तहरु सहभागी भएका थिए ।

बिज्ञापन