स्वास्थ तथा सरसफाइ

‘स्वच्छ टीकापुर सुग्घर टिकापुर’ अभियानले गरयो टीकापुरको सरसफाई

बिज्ञापन

टीकापुर, १९ मंसिर । ‘स्वच्छ टीकापुर सुग्घर टिकापुर’ अभियानले टीकापुरको सरसफाई गरेको छ । टीकापुर नगरपालिका र मैनादेबी फाउण्डेसनको संयुक्त आयोजनामा टिकापुर नगरपालिका भित्रका विद्यालयहरूमा वातावरण क्लब गठनगरि यस नगरलाई सुन्दर, सफा र स्वच्छ बनाउने उद्देश्यले ‘स्वच्छ टीकापुर सुग्घर टिकापुर’ कार्यक्रम केहीदिनदेखि निरन्तर संचानलन भइरहेको छ ।

बिज्ञापन


टीकापुर नगरपालिकामा यस कार्यक्रमको नेतृत्व मालिका समाचारका सम्वादाता तथा समाजसेवी निशान्त काफ्लेको समूहले गरिरहेको छ जसलाई टीकापुर नगरपालिका भित्रका विद्यालय तथा विद्यार्थीहरूले सहयोग गरिरहेका छन् ।
स्मरण रहोस यस फाउण्डेशनले नेपालका हरेक क्षेत्रहरुमा यस्ता कार्यक्रमहरुको सञ्चालन गर्दै आइरहेको छ, जसको नेतृत्व चर्चित सामाजिक अभियन्ता केपी खनालले गर्नुभएको छ ।


टीकापुर क्षेत्रमा सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाउन र प्रत्येक विद्यालयलाई यसमा आवद्ध गराई कार्यक्रमलाई निरन्तरता दिन टीकापुर नगरपालिकाले सहयोग गर्दै आएको छ । प्रत्येक दिन एक विद्यालयबाट ७० जना विद्यार्थीहरु सहभागी हुने गरेका छन् त्यसै क्रममा आज कर्णाली स्कूलबाट ७० विद्यार्थीहरु सरसफाई कार्यक्रममा सहभागि भएका छन् । यस अघि यूनाईटेड र साईपाल स्कूलका भाइबहिनीहरु सरसफाई कार्यक्रममा सहभागि भइसकेका छन् ।


यस कार्यक्रमका नाराहरु रहेका छन्–
‘म बदलिए मेरो देश बदलिने छ’
‘हाम्रो देश स्वच्छ परिवेश’
‘सके सफा गरौ नसके फोहोरै नगरौं’
‘स्वच्छ टीकापुर सुन्दर टीकापुर’

बिज्ञापन