राष्ट्रिय समाचार

आजदेखि थप ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आजदेखि थप ५ जिल्लाबाट पनि अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार सोमबार बसेको आयोगको बैठकले काभ्रेपलाञ्‍चोक, चितवन, कास्की, मोरङ्ग र झापा गरी थप ५ जिल्लाबाटसमेत अनलाइनबाट मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बिज्ञापन

आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार यसअघि काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्र अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था गरेको थियो ।

अनलाइन प्रणालीबाट प्रि–इन्ड्रोलमेन्ट गरिसकेपछि बायोमेट्रिक दिनका लागि भने नजिकै रहेको निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्छ ।यसैबीच मतदाता नामावली संकलन गर्ने समयावधि पनि साउन १० गतेसम्मका लागि थपिएको छ ।

यसअघि साउन ४ गतेसम्म मात्र मतदाता नामावली संकलन हुने बताएको निर्वाचन आयोगले निर्वाचनको मिति नतोकिएका कारण मतदाता नामावली संकलन गर्ने समयसिमा १० गतेसम्मका थप पनि गरेको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि असार १ गतेबाट अहिलेसम्ममा गरेर अनलाइन र अफलाइन दुवैबाट गरेर देशभरमा ३ लाख नयाँ मतदाता पनि थपिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।