राष्ट्रिय समाचार

पहिरोले सुदूरपश्चिमका राजमार्गहरु अवरुद्ध,बर्षाले धनगढी जलमग्न

बिज्ञापन

कैलाली । सुदूरपश्चिमका अधिकाशं राजमार्गहरु अवरुद्ध भएका छन्। लगातारको वर्षापछि प्रदेशका केही राजमार्गहरु अवरुद्ध भएका हुन्। अहिलेसम्म दार्चुला ,बझाङ र बैतडी जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बिज्ञापन

बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको छ। दार्चुलामा बैतडीमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।

दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुनर्याको भन्ज्याङ भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो पछ्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

बर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् ।

डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको छ । पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य बर्षा हुँदा पनि डुबान हुने गर्दछ । सुदूरपश्चिम लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका अधिकांश स्थानमा बर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने मौसमविद् मञ्जु बासीले बताइन् ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

बिज्ञापन