घटना

बझाङमा ७५ वर्षिया एक वृद्धा महिला ४ दिनदेखि सम्पर्क विहिन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ । बझाङमा एक अन्दाजी ७५ वर्षिया वृद्धा महिला ४ दिनदेखि हराएकी छिन् । हराउनेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा.१ कि अन्दाजी ७५ वर्षिया वृद्धा महिला गंगादेवी जोशी हुन ।

खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने लामपुछ्रे ठाउँबाट छोरीलाई भेटेर आफ्नो भैसी खरक रहेको स्थान बलेमेला फर्कने क्रममा  साउन ८ गते बिहान ९ बजेदेखि हराईन भएकि जोशीका आफन्तले बताएका छन्।

बिज्ञापन

४ दिनसम्म सम्पर्कविहिन भएपछि उनको खोजीका लागि स्थानीय,नेपाल प्रहरी र नेपाली सेना लागि परेका भएपनि अहिलेसम्म भेट्न नसकेको पारीवारीक जनाएको छ। यदि कसैले उनलाई भेटाएमा नजिकैको प्रहरी वा घरमा खबर गरिदिन उनका छोरा हर्कराज जोशीले आग्रह गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।