वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन
लोक कल्याणकारी विज्ञापन

धनगढी । वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको उपचारको क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा निधन भएको हो ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला निवासी ५४ वर्षीय कडायतमा मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो ।
बिज्ञापन

स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए ।
उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
