घटनाटीकापुर

कुलोमा डुबेर बालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली जिल्लाको टीकापुर नगरपालिकामा रहेको जमरा कुलोमा डुवेर एक बालकको मृत्यू भएको छ ।

एकतानगर शिविर बस्ने लाल सिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको टीकापुर-१ जमराकुलोमा डुबेर मृत्यू भएको हो ।

बिज्ञापन

शनिबार दिउसो १२ बजेतिर दिनेश कुलोमा साथीसंग नुहाउन गएको समयमा कुलोमा डुवेर वेहोस भएपछी दिनेशलाई टीकापुर अस्पतालमा ल्याईएको र उपचारका क्रममा उनको मृत्यू भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक हेम शाहीले जानकारी दिनुभयो ।

बालकको शव टीकापुर अस्पतालमा राखीएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।