राजनीति

राजनीति भएन भने अब काठमाडौंको फोहर व्यवस्थापन हुन्छः रामकुमारी झाक्री

बिज्ञापन

काठमाडाैं | नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरेकी छन । उनले अब राजनीति नभएमा काठमाडौं उपत्यकाको फोहरको समस्याको दीर्घकालीन समाधान हुने पनि उल्लेख गरेकी छन् । 

बिज्ञापन

उनले सर्वोच्च अदालतले उक्त ठेक्का रद्ध गर्न बाटो खुला गरिदिएको भन्दै उनले फोहरको समस्या समाधान हुने उल्लेख गरेकी हुन् । शुक्रवार ट्वीटरमा सन्देश लेख्दै उनले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा बाधक उनी बाटो भएको उल्लेख गरेकी छन् । 

उनले लेखेकी छन्, ‘पासाङल्हामु सडकको बालाजु तीनपिल्ले ककनी सडक खण्ड ठेक्का आर्थिक २०७१/७२ मा ठेक्का लागेको थियो । आज आठ वर्षसम्म काम नगरेर राज्यलाई यति ठूलो क्षति गर्ने निर्माण व्यवसायीको ठेक्का रद्ध गर्नु अनिवार्य थियो । काठमाडौंमा फोहर नउठ्ने र ल्याण्डफिल्ड साइटतिर हुने आन्दोलनको एउटा महत्वपूर्ण कारण यो बाटो पनि हो । सडक विभागले ठेक्का रद्ध गरी कालो सूचीमा राख्ने निर्णय न्यायालयले सदर गरेको छ । यो सडक खण्डको नयाँ ठेक्का तुरून्त लाग्ने छ । यो क्षेत्रका स्थानीय जनता र काठमाडौंको सबै जनसमुदायलाई जानकारी गराउन चाहान्छु । फोहोरमा अरू राजनीतिक भएन भने फोहोर दीर्घकालीन समाधान हुन्छ ।’ 

उक्त सडकको ठेक्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सन र एआइपिएलले पाएको थियो । काठमाडौंको फोहर व्यवस्थापनमा सडकको ठेकेदारको लापरबाही भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि प्रचण्डको आलोचना गरेका थिए । 

बिज्ञापन