आस्था /आध्यात्म

सन्तोषलाई धारण गर्नु आवश्यक : नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

बिज्ञापन

राजविराज । सन्तोषलाई धारण गर्नु आवश्यक रहेको कुरा सन्त निरंकारी मण्डलका अध्यक्ष नर बहादुर रावलले राजविराजमा आयोजित सत्संग कार्यक्रम बताउनुभएको छ । उहाँले भन्नुभयो कि सन्तोषलाई आफ्नो जीवनको पाटो बानाउँछौ भने हामी जीवनभरि सुख हुनेछौ, हामीले यताउता भौतारिनु पर्ने छैन । सन्तोषले गरेका हरेक कार्यहरु सफलल हुने उहँको भनाई थियो ।

बिज्ञापन

राजविराजका सन्तहरुको प्रशंसा गर्दै लामो समयदेखि सन्त बसुन राजले यहाँका सन्तहरुलाई जोड्नुमा आफ्नो अहम भूमिका खेल्नुभयो, पहिले हामीले सत्संग गर्न निकै दुःख–कष्ट सहनु परयो तर सत्गुरुको कृपाले आज यस ठाउँमा ठुलो सत्संग भवन बन्न गइरहेको छ । यो सबै यहाँका सन्तहरुको लगन, मिहेन र सत्कर्मले सम्भव हुन गएको हो । भवन त बन्यो तर त्यसमा बस्नेहरु मर्यादित छैनन्, अनुशासित छैनन्, मनमतमा हिडिरहेका छन् भने हाम्रो जीवनमा कुनै फलदायी हुँदैन । गुरुमतले हामीलाई पारी तार्ने गर्दछ भने मनमतले हामीलाई डुबाउने गर्दछ । हामीले गुरुको सहाराले आफ्नो जीवनलाई अगाडि बढाउनु पर्दछ । भौतिक सुख–सुविधाले मात्र जीवनको कल्याण हुँदैन, जीवनको कल्याणको लागि ईश्वरले हामीलाई मानव योनि दिनुभएको छ, यो तन पाएर पनि हामी दिन–रात सुत्नु, खानु, यश–आराममा नै जीवनलाई बर्वाद गर्छौ भने यो योनिलाई कहिले सफल पार्ने ?, उहाँले भन्नुभयो ।

आज संसारमा बाटो देखाउन सत्गुरु आउनु भएको छ । सत्गुरुले संसारका मानवलाई जागृति गराई राख्नुभएको छकि यो मानव योनिलाई समयमा नै सफल पार भनेर । संसारमा जतिपनि पिर–पैगम्बर, सन्त–भक्तहरु आए उनीहरुले अनेकौं कष्ट उठाए । भक्त प्रह्लादले अनेकौं यातना सहनु परयो तर अनेकौं यातना सहेर पनि यताउता नडगमगाएर सत्यको मार्गलाई छोड्नु भएन, सत्यको प्रचार गर्नुभयो जसको फलस्वरुप आज उहाँको नाम उज्वल र अमर रहेको छ । त्यसैले हामीले पनि जस्तो सुकै परिस्थिति आएपनि हाम्रो मनस्थिति भने एउटै हुनु पर्दछ । त्यसबाट विचलित हुनुहुँदैन । दत्तचित्त भएर जुन प्रकारले हामी गुरुको चरणमा छौ त्यसै प्रकार सत्संग रुपी माताको चरणमा हामी लिन छौ, त्यो हाम्रो जीवन सफल बन्नको लागि नै हो । चौरासी लाख योनि मध्य मानव योनि उत्तम हो, यसमा पनि हामी खानु–पिउनु, सुत्नुमा नै सबै समय बिताउछौ भने मानव योनि पाएको ब्यार्थ हुन जान्छ र चौरासी लाख योनिको बन्धनबाट कहिल्यै छुटकारा पाइने छैन । पाएको ज्ञानलाई कर्ममा ढाल्छौ भने जीवन जिउँदै स्वर्गमय बन्न सक्ने उहाँले बताउनुभयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डलका केन्द्रीय सहसचिव नर बहादुर विश्वाकर्मा, सल्लाहकार श्रीराम काफ्ल्, केन्द्रीय सदस्य लक्ष्मण दास, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, गायक तेज बोहरा लगायत स्थानीय सन्तहरुले आ–आफ्नो भाव प्रकट गरेका थिए ।

बिज्ञापन