राजनीति

बामपन्थी शक्तिहरुसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्छ: टोपबहादुर रायमाझी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले बामपन्थी शक्तिहरुसँग आगामी निर्वाचनमा सहकार्य हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बामपन्थी शक्तिसँग सहकार्यको सम्भावना रहेको बताएका हुन् ।

बिचार बिनाको एकाताको काम छैनझ उनले भने ञबिचार मिल्ने बामपन्थी लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्छ । उनले अस्तित्व संकट टार्न अपबित्र अराजनीतिक गठबन्धन जारी रहेको बताए ।

बिज्ञापन

माओवादी अध्यक्षले काङ्ग्रेसँग धेरै सिट माग्न समाजवादी केन्द्रको बहस सुरु गरेको समेत उनले टिप्पणी गरे ।‘कहिले एमाले कहिले समाजवादी केन्द्रको बहस आइरहेको छ’ उनले भने,‘ कांग्रेससँग धेरै सिट माग्न प्रचण्डको कार्ड मात्र हो । अहिले त्यो सम्भव छैन ।’

समाजवादको बाटो जान माओवादी केन्द्रले गजल बाटो रोजेको समेत उनले आरोप लगाएका थिए ।‘नेपाली कांग्रेसले बोकेको विचार पुजीवादी हो । समाजवाद होइन । पुजीवादी बिचार बोकेर समाजवादम पुग्न सकिदैनझउनले भने ञकासि जाने कुति बाटो भने जस्ती उहाहरु गलत बाटोमा हुनुहुन्छ ।’

एमाले सरकार ढलाउन हस्तान्तरण गर्नेहरूलाइ उनले गद्दारको संज्ञा दिएका थिए ।‘आफ्नो पार्टीको अध्यक्षलाई ध्वस्त पारेर बिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने हस्तान्तरण गर्न त्यस्ता सांसद त्यस्ता नेताहरू के भन्नू हुन्छ ’उनले भने,’ यो गल्ती होइन गद्दारी हो ’

आगामी संसदीय निर्वाचनमा वर्तमान गठबन्धनले जिते देश २५ वर्ष पछाडि धकेलिने उनको भनाइ थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।