घटना

गुल्मीको जंगलमा महिलाको शव भेटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

४ भदौ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका– १ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ ।

शनिबार स्थानीय वासिन्दाले गाईवस्तु चराउने क्रममा शव देखेपछि वडाअध्यक्षलाई खबर गरेका थिए । शवको पहिचानको लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए ।

बिज्ञापन

शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए । शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।