राजनीति

ओलीप्रति माधव नेपालको टिप्पणी- मैले भात खुवाएर पैसा समेत दिएर पठाएको मान्छेले फुर्ति गर्ने ?

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् । पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए ।

बिज्ञापन

नेपालले भने–को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं । दुईजना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए,१२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं,अहिले फुर्ति लाएर हुन्छ?

ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए ।

उनले नेकपा एमालेबाट आफूहरुले गरेको विद्रोह सही भएको भन्दै नत्र अहिले एमालेमा रहेका १० भाइको जस्तो हरिबिजोग हुने बताए ।

बिज्ञापन