राजनीति

निर्वाचनमा भएको हार बारेमा समीक्षा गर्दै लोसपा

बिज्ञापन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।

बिज्ञापन

विसं २०७४ को निर्वाचनमा धनुषा –३ बाट नेता महतोले चुनाव जितेका थिए । यस पटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही –२ बाट चुनाव लडेका थिए । तर धनुषा –३ मा झा र सर्लाही –२ मा महतो दुवैजना पराजित भए । 

नेता झालाई एमालेकी जुली महतोले पराजित गरिन् भने भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे । धनुषा –३ महतोको पुरानो चुनावी क्षेत्र भएकाले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए । रासस

बिज्ञापन