अर्थ

धनगढी महोत्सव प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्ने

बिज्ञापन

आजदेखि कैलालीको धनगढीमा शुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

बिज्ञापन

उद्घाटनअघि विहान धनगढीमा प्रभाफेरि गरिने आयोजकले जनाएको छ । यहाँको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ । महोत्सव पुस २ गतेसम्म चल्ने छ ।  

संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दैआएको छ । अघिल्लो दुई वर्ष कोरोना महामारीले देश थिलथिलो भएपछि महोत्सव रोकिएको थियो । यस वर्षको महोत्सवमा कृषिउपज, खानाका परिकार, व्यापार व्यवसाय लगायतका चार सय स्टल रहने आयोजकले बताएको छ । 

महोत्सवमा करिब १० करोड रुपियाँको आर्थिक कारोबार हुने संघका अध्यक्ष कुँवरले बताए । यसअघिका वर्षमा भएको कारोबारलाई आँकलन गरी सो बरावरको कारोबार हुने उनको विश्वास छ । 

बिज्ञापन