राजनीति

एमाले अध्यक्ष भेट्न पुगे भारतीय राजदूत

बिज्ञापन

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । श्रीवास्तवले बुधबार ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका हुन् । 

बिज्ञापन

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । यसअघि  श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् ।

 निर्वाचनको नतिजा आएसँगै दलहरु नयाँ सरकार गठनका लागि रस्साकस्सी गरिरहेका छन् । 

बिज्ञापन