राजनीति

लुम्बिनी कांग्रेस दलको नेतामा चौधरी सर्वसम्मत

बिज्ञापन

रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा संस्थापन समूहका डिल्ली चौधरीलाई सर्वसम्मत बनाएको छ ।

बिज्ञापन

प्रदेशमा संस्थापन समूहका सांसदको बहुमत भएपनि यही समूहबाट धेरै जनाको दाबी परेकाले ढिलाइ भएको थियो । २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर समूहमा रहेका छन् ।

दाङ क्षेत्र नम्बर ३ को १ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित चौधरी अहिले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् । उनलाई दलको नेता बनाउन कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका नेताहरू लागेका थिए ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि ४ जना आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र रसंस्थापनइतरबाट वीरबहादुर राना आकांक्षी थिए । तर आइतबार रज्जाकलाई इतर समूहले आफ्नो पक्षबाट उम्मेदवार बनाउने तयारी गरेपछि दुवै पक्षबाट सर्वसम्मतको प्रयास भएको थियो ।

दलको नेता छान्न आइतबारदेखि नै नेता चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह राना देउखुरीमा खटिएका थिए ।

बिज्ञापन