राष्ट्रिय समाचार

निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डको छलफल

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

बिज्ञापन

भेटवार्तामा हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी छन् ।

यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् ।

यस्तै आजै विहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्तालयका सचिवहरुसँग पनि छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

बिज्ञापन