सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा विप्लवका आठ कार्यकर्ता पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । आजको नेपाल बन्द गराउदै हिडेका सुदु्र पश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीका  थुप्रै  कार्यकर्ता  पक्राउ परेका छन ।  सुदूरपश्चिमप्रदेशका ठाउँठाँउमा शंस्कापद वस्तु फेला परेका छन्। डोटीको दिपायलबाट  दुई नेता पक्राउ परेका छन्।  मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायत पक्राउ परेका हुन्।

त्यस्तै तीन कार्यकर्ता बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन्।पार्टीका बाजुरा जिल्ला सचिव भुपेन्द्र विक (एण्डिज), केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली पक्राउ परेका हुन्।बन्द गराउँदै हिँडेका उनीहरूलाई प्रकाउ गरेको बाजुरा प्रहरीले जनाएको छ।

बिज्ञापन

त्यस्तै कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता पक्राउ परेका छन् ।  मंगलबार बिहान बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारीकै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार प्रदेशका ठाउँठाँउमा शंस्कापद वस्तु फेला परेका छन्।  आज विप्लवनेतृत्वको नेकपासहित ४ पार्टीले गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा बढीनै देखिएको छ। मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

प्रदेशभरीका बस टिकट काउन्टर बन्द गरिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। यस्तै लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।