घटना

गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली : गाईसँग ठोक्किएर गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटीको मृत्यु भएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र.०१०११प ३८१६ नम्बर को मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार शर्मिलाको  उपचार भइरहेको बताइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।