घटना समाचार

अछाममा कैद भुक्तान गरिरहेका युवकको मृत्यु

बिज्ञापन

अछाम । जिल्ला कारागार मंगलसेन अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।

बिज्ञापन

कैद भुक्तान गरिरहेका जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ५ का बेदराज भाटको मृत्यु भएको हो ।
स्वास्थ्य उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।

भाद्र २ गते देखी कारागार चलान भएका ३५ बर्षिया भाटको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागी सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

आफ्नै शरीरमा चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको उनलाई थप उपचारका लागी सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाट विरुद्ध १० बर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो ।

भाद्र २ गते देखी जेल चलान भएका भाटको हप्ता दिन नपुग्दै उपचारका क्रममा मृत्यु भएको हो ।

बिज्ञापन