राजनीति

सुदूरपश्चिमका पूर्वमन्त्रीसहित नेकपा एसका प्रभावशाली नेताहरू एमालेमा फर्किँदै, स्वागत गर्न ओली आउने

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेशका नेकपा एकिकृत समाजवादीका प्रभावशाली नेता एमाले प्रवेशको तयारी गरेका छन् । उनीहरूलाई पार्टीमा स्वागत गर्न एमाल अध्यक्ष केपी शर्मा ओली भदौ १५ गते सुदूरपश्चिम आउने भएका छन् । महासचिव शंकर पोखरेल भने १४ गते नै यहाँ पुग्ने एमालेले जनाएको छ ।

बिज्ञापन

१५ गते एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ, नेकपा एस सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रम शाही र बेतकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द एमाले प्रवेश गराउने कार्यक्रम छ ।

‘उहाँबाहेक प्रदेश र संघीय सांसदसहित केही नेता एमाले प्रवेश गर्ने कार्यक्रम छ । उहाँहरूको सँग पनि कुरा मिलिसकेको छ । अहिले सबैको नाम सार्वजनिक नगरौं । पछि थाहा भइहाल्छ’ एमालेका एक नेताले भने ।

बिज्ञापन