आस्था /आध्यात्म

हेटौडामा ब्रम्हलिन सन्त जंग बहादुर लामाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बिज्ञापन

हेटौडा, १४ साउन । हेटौडाका ब्रम्हलिन सन्त जंग बहादुर लामाको श्रद्धाञ्जलीको सत्संग कार्यक्रम सम्पन्न भएको छ । श्रद्धाञ्जली सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सत्गुरुका अन्यय भक्त तथा कर्मयोगी महात्मा जंग बहादुर लामा मधुरभाषि, सहनशील, अनुशासित, न्रम स्वभावले भरिएको हुनुहुन्थ्यो । यी स्वभावहरुले गर्दा उहाँले यस दिव्य ज्ञानलाई आफ्ना वरिपरिका क्षेत्रहरुमा छोटो समयमा नै फैलाउन सफल हुनुभयो । उहाँले असल कर्म गरेर समाजमा उदारणिय सन्त बनेर देखाउनुभयो र उहाँले गरेको कर्मको प्रेरणा हामी सबैले लिनुपर्ने बताउनुभयो । सत्संग इंचार्ज भएरपनि सन्तहरुलाई हरेक ठाउँबाट बोलाएर ज्ञान चर्चा गर्नुृ उहाँ आफ्नो परम कर्तव्य सम्झिनु हुन्थ्यो, जसको फलस्वरुप उहाँले जिउँदै मुक्ति प्राप्त गरिसक्नुभएको थियो ।

बिज्ञापन

लामालाई श्रद्धाञ्जली दिन विभिन्न जिल्लाबाट आएका सन्तहरुको स्वरलाई उदरित गर्दै अध्यक्ष रावलले निःस्वार्थ भावले आफ्नो घरको कामकाजको पनि कुनै प्रवाह नगरेर रातदिन नभनेर यस ब्रम्हज्ञानलाई जन–जनसम्म फैलाएर मानवहरुले आफ्नो मानव योनि पाएको सफल गर्न सकुन भनि उहाँले जीवनभरि समयले साथ दिदासम्म अथक प्रयास गर्नुभयो । त्यस कार्यलाई अगाडि बढाउनुमा उहाँकी धर्मपत्नी र छोरीहरुले पनि काँधमा काँध जोडेर उहाँलाई साथ दिएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुयो, ‘जंग बहादुर लामामाले २०५९ सालमा ज्ञान लिनुभयो र यति छोटो समयमा नै हेटौडा त्यसका वरिपरिका जिल्लामा रहेका संयौ मान्छेहरुलाई यस निरंकारी मिशानसंग जोड्न सफल हुनुभयो ।’


रावलले आफू नेपालका पूर्वी जिल्लाहरुमा प्रचार यात्राको क्रममा २०५९ सालमा पहिलो पटक उहाँसंग भेट हुँदा उहाँले ठुलो मात्रामा स्थानीय व्यक्तिहरुलाई बोलाएर हामीबाट ज्ञान चर्चा गराउन लगाउनु भएको स्मरण गर्दै उनीहरु प्रभावित भएर यस मिशनसंग जोडिन पुगेको बतानुभयो साथै आफू जहिलेपनि हेटौडा आउँदा ठूलो मात्रामा नयाँ सन्तहरुसंग भेट गराउने गरेको उल्लेख गर्नुभयो ।

नेपालमा आज निरंकारी मिशनसंग आवद्ध लाखौ सन्त परिवार रहेको बताउँदै हेटौडामा लामा जीलाई श्रद्धाञ्जलि दिन नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधिको रुपमा यहाँ आउनुभएको छ, यो सबै हामी एक सन्त परिवार भएको नाताले नै सम्भव हुनगएको हो । यो सबै विश्व–बन्धुत्वको कारणले नै सम्भव भएको हो नत्र भने लामा जी कहाँको हुनुहुन्थ्यो, हामी कहाँका थियौं । सबै सन्तहरु विभिन्न समुदाय, जातजाति, भेषभूषा, संस्कृत मान्ने भएपनि आज सत्गुरुले हामी सबैको एउटै परिवार बनाई दिएको छ, यो सबै कार्य हुनु सत्गुरुको हामीमाथि ठुलो कृपा हुँदा नै सम्भव भएको उल्लेख गर्नुभयो ।

हाम्रो भाग्य–रेखालाई परिवर्तन केवल गुरुले नै गर्न सक्छ अरु कसैले गर्न सक्दैन । परमात्माबाट हाम्रा अधुँरा रहेका कार्य पूरा गर्नको लागि शक्ति प्राप्त हुने गर्दछ । उहाँले चाहेर मात्र हाम्रा कार्य–योजनाहरु सफल हुन्छन्, हामीले चाहेर हुँदैनन् । आज कर्मको पूजा भइरहेको छ, जिव पूजा नै शिव पूजा हो । नर पूजा नै नारायण पूजा हो । आत्मा परमात्माको अंश हो । आत्मा जीव रुपमा भएकोले त्यसलाई नमस्कार गर्छौ, त्यसलाई धन निरंकार भन्छौ । यसरी जीवमा यो नारायणको बसोबास रहेको छ, त्यसैले आत्मालाई धन निरंकार भनेर सम्बोधन गर्ने गर्छौ । हामीले यो ब्रम्हज्ञान पाई सकेपछि हामीमा अहंम समाप्त हुनगयो र पहिले म थिए तर अहिले म छैन हरि छको भावमा हामीमा जागृत हुनगयो । मको अहंमले गर्दा हरिको वास हामीमा थिएन तर अहिले मलाई त्याग्दा त्यहाँ हरिको वास हुनगयो र हामी पूर्ण हुनगयौं । ज्ञान पाइसकेपछि तन, मन, धन ईश्वरलाई अर्पण गरयौं । यो सबै ईश्वरले नै प्रदान गरेको हो र यो सबै उसैको हो, खाली हात आएका थियौं र खाली हात नै जाने छौ, यो संसारबाट राजा, रंक–फकिरले पनि केहि लिएर गएनन्, गए त केवल आफ्नो कर्मको फल, राम–रतन धन लिएर गए, उहाँले सम्झाउनुभयो ।

समयको महत्वमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो समय पटक–पटक आउँदैन, एक पटक मात्र आउँछ, बितेको समय पुनः फर्किदैन, त्यस्तै मानव योनि पनि पुनः पाइदैन, यो चौरासी लाख योनि काटि सकेपछि बल्ल यो योनि प्राप्त भएको हो । ईश्वरले मानव योनि ब्रम्हज्ञानलाई प्राप्त गर्नको लागि दिएको हो तर आज मानवले आफ्नो सम्पूर्ण समय यस संसारको चकाचौंदमा नै बिताई रहेको छ । हाम्रो नाता–गोता, इष्ट–कुटम्ब, धन–दालत सबै झूटा हुन, माया हुन यी यही रहने वाला छन्, हाम्रो काम लाग्ने छैनन् । काम केवल यो परमपिता परमात्मामात्र लाग्ने छ, मरेपछि यही हाम्रो साथ जाने छ । निराकार परमात्मासंग साक्षात्कार भइसकेपछि यमराजको दूतले पनि केहि नगर्न सक्ने बताउँदै त्यसको लागि मानवले सच्चा भक्ति गरेर असल कर्म गर्नुपर्ने बताउनुभयो । कर्मको पूजा सबैको हुने गर्दछ, असल कर्म गरेर नै मानव योनि पाइएकोलाई सफल गर्न हामी सबैको कर्तव्य हो, उहाँले बताउनुभयो ।

श्रद्धाञ्जलि सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जन, सहसचिव नर बहादुर विश्वाकर्मा, क्षेत्रिय सेवालदल संचालक बाबुराजा महर्जन, सल्हाकार श्रीराम काफ्ले, केन्द्रीय सदस्य दल बहादुर राना, बीर बहादुर गुरुङ्ग, दाङ्ग–तुलसीपुर सत्संग भवनकी मुखी पुष्पा जिसी, मदन गिरी, हीरा लामा, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, गायक तेज बहादुर बोहरा लगाय अनेकौ सन्तहरुले आ–आफ्नो भाव प्रकट गरेर लामाप्रति श्रद्धाञ्जली अर्पित गरेका थिए ।

बिज्ञापन