जलवायु

मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

बिज्ञापन

काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरेको छ । मनसुन पुःन सक्रिय भएसँगै देशका अधिकांश भागमा पानी पर्न थालेको हो । भारी वर्षाको सम्भावना रहेका भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने छ ।

यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।